अन्नानको ठाउँमा ब्राहिमी

अलेप्पो : संयुक्त राष्ट्रसंघले सिरियामा द्वन्द्व अन्त्य गर्ने प्रयास गर्न नयाँ दूत मनोनयन गरेपछि सिरियाली सेनाले शनिबार विद्रोहीको नियन्त्रणमा रहेको प्रमुख नगरमाथि आक्रमण गरेको मानवअधिकारवादी कार्यकर्ताहरूले बताएका छन् । संयुक्त राष्ट्रसंघले शुक्रबार अल्जेरियाका वरिष्ठ कुटनीतिज्ञ लख्दर ब्राहिमीलाई अन्तर्राष्ट्रिय दूत कोफी अन्नानको स्थानमा मनोनयन गरेको छ ।
अन्नानले आफ्नो शान्ति योजना असफल भएपछि यसै महिना राजीनामा दिएका थिए । यसैबीच अलेप्पोमा युद्ध अझै कडा भएको छ भने यहाँबाट हजारौँ नागरिक छिमेकी मुलुकमा शरणार्थी भएका छन् । यस्तो अवस्थामा पनि विभाजित अन्तर्राष्ट्रिय समुदाय शक्तिविहीन देखिएको छ । (एजेन्सी)

प्रतिक्रिया