कांग्रेसका विभागहरु अनुमोदन

काठमाडौं, १ भदौ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाद्वारा प्रस्तावित विभाग, संयोजक तथा अञ्चल संयोजकको प्रस्तावलाई पारित गरेको छ ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले ४२ वटा विभागमा थपिएका नयाँ १२ विभागलाई अनुमोदन गरेको प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । उनले भने, ‘सभापति सुशील कोइराले प्रस्ताव गर्नुको अञ्चल संयोजक, विभाग थप गर्ने प्रस्ताव र संयोजकहरुको नाम अनुमोदन भएको छ ।’
यद्यपी वरिष्ठ नेता शेरबहादुर देउवा र उनका समर्थक केन्द्रीय सदस्यहरुले सो प्रस्तावमा आफूहरुको विमति रहेको बताए । देउवा निकट मानिने डा.प्रकाश शरण महतले केन्द्रीय समितिले आज पारित गरेका प्रस्तव र निर्णयप्रति आफूहरुको नोटआफ डिसेन्ट रहेको बताए ।
‘सहमति गरेर जानुपर्नेमा सभापतिले पेलेर आफ्नो प्रस्तावलाई पारित गराउनु भएको छ,’ उनले भने, ‘निर्णयमा हाम्रो नोट अफ डिसेन्छ ।’
विभाग गठन र संयोजक तथा अञ्चल संयोजक नियुक्तलाई लिएर देउवा समूह असन्तुष्ट बन्दै आएको छ ।

प्रतिक्रिया