वायुसेनाको शिविरमा आक्रमण

काम्रा : सैनिक पोसाकमा आएका हतियारधारी चरमपन्थीले पाकिस्तानको हवाई सैनिक शिविरमा आक्रमण गरेका छन् । आक्रमणको क्रममा चरमपन्थी र सैनिकबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा नौ व्यक्ति मारिएका छन् ।
भिडन्तमा परी एक पाकिस्तानी सैनिकको मृत्यु भएको छ । भिडन्तका क्रममा एउटा बिमान पनि क्षतिग्रस्त भएको समाचारमा उल्लेख छ । पाकिस्तान सरकारले आदिवासीहरूको बसोबास रहेको उत्तर बजिरिस्तानमा चरमपन्थीविरुद्ध सुरु गरेको कारबाहीको बदलास्वरूप तालिवान चरमपन्थीले हवाई सेनाको शिविरमा आक्रमण गरेको अनुमान गरिएको छ । (एएफपी)

प्रतिक्रिया