काठमाडौं : पत्रकार अखण्ड भण्डारीको पुस्तक ‘समाचारको भाषा’ बजारमा आएको छ । बुधबार राजधानीमा एक छोटो कार्यक्रमबीच भण्डारीको पुस्तक सार्वजनिक भएको हो । पुस्तकमा समाचार लेख्दा ध्यान पुर्याउनुपर्ने पक्षबारे केलाइएको छ ।
पत्रकारिताका विद्यार्थीदेखि शिक्षकसम्मलाई पुस्तक उपयोगी हुने भण्डारीको भनाइ छ । नेपाली भाषालाई सरल र सहज रूपले लेखनमा उतार्ने कला जान्न पुस्तक पढ्नुपर्ने उनी बताउँछन् । लामो समयसम्म समाचार डेस्कमा रहेर काम गरेका भण्डारीले विभिन्न पत्रपत्रिकामा आएका समाचारलाई केलाएर त्रुटिसमेत औँल्याएका छन् । पुस्तकमा व्यावहारिक लेखनका
साथै व्याकरणका नियमसमेत राखिएको छ । लेखक स्वयंले
प्रकाशन गरेको पुस्तकको मूल्य ३०० रुपियाँ रहेको छ । (सौस)
प्रतिक्रिया