आगलागीमा एक बृद्धाको मृत्यु

सप्तरी, ३१ साउन । सप्तरी जिल्लाको लोमिया–८ मा आगलागी हुँदा एक जनाको मृत्यु हुनुका साथै सात वटा घर जलेका छन् ।
स्थानीय मोहमद मुसख मियाँको गोठमा गएराति बालेको घुरबाट आगलागी हुँदा उनको घर सहित छिमेकीका सात घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परेर मियाँकी ७५ बर्षीया आमा सफीसिन खातुनको जलेर मृत्यु भएको छ ।
आगलागीबाट नगद ५० हजार रुपियाँ सहित करिव ७ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीमा परेर एक/एक वटा गोरु र खसीको समेत जलेर मृत्यु भएको छ ।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रण लिईएको थियो ।

प्रतिक्रिया