खड्कालाई बचाउन समर्थकको माग

काठमाडौं, ३१ साउन । भ्रष्टाचार मुद्दामा सजाय पाएका पूर्व मन्त्री खुमबहादुर खड्कालाई बचाउन पार्टीले पहल नगरेको भन्दै समर्थकले असन्तुष्टि जनाएका छन् ।
पुनरावलोकन मुद्दामा पार्टीले पहलकदमी लिएर खड्कालाई बचाउन कांग्रेस नेतृत्वसँग उनीहरुले आग्रह गरेका हुन् । उनीहरुले केही समय केन्द्रीय कार्यालय सानेपामा घेराउ र नारावाजी समेत गरे ।
उनीहरुले प्रतिशोधका कारण तत्कालिन राजा ज्ञानेन्द्र शाहले खड्कालाई भ्रष्टाचारको मुद्धा लगाएको दाबी गरे ।
खड्कालाई मंगलबार सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ बर्ष सजाय र जरिवानाको फैसला गरेको थियो ।
यसैवीच, खड्काले आफ्ना कानून व्यवसायी र समर्थकहरुसँग परामर्श गरेका छन् । सानेपास्थित निवासमा खड्काले छलफल गरेको उनका सहयोगीहरुले जनाएका छन् । कानून व्यवसायीसँगको कुराकानीका बारेमा केही बताईएको छैन ।
उता, उनका कानून व्यवसायीका अनुसार मुद्दा पुनरावलोकन गर्न सकिने प्रावधान रहेको जनाएका छन् । त्यसका लागि खड्का जेल जानुपर्ने हुन्छ ।
जेलमा बसे पछि मुद्दामा पुनरावलोकनका लागि तोकिएको समय भित्र निवेदन सर्वोच्चमा दिन सकिने कानूनमा प्रावधान रहेको छ । पूर्व मन्त्री खड्काले यो समाचार तयार पार्दा सम्म आफ्नो गरिफ्तारी दिएका छैनन् ।

प्रतिक्रिया