चन्द्रयानलाई परमाणु शक्तिको ऊर्जा

बेइजिङ : चीनको पहिलो विशेष चन्द्रयानलाई परमाणु शक्तिले सम्पन्न ब्याट्रीबाट ऊर्जा प्राप्त हुनेछ । चीनको यो विशेष यान आगामी वर्ष चन्द्रमाको धरातलमा ओर्लिनेछ । ‘चाइनिज लुनर प्रोजेक्ट’ को नाम दिइएको यस परियोजनाका प्रमुख वैज्ञानिक ओयु यांग जियुयानका अनुसार उक्त ब्याट्रीले एक सय किलो भार भएको चन्द्रयानलाई तीस वर्षसम्म ऊर्जा प्रदान गरिरहनेछ ।
उक्त यानको नियन्त्रण पृथ्वीबाटै गरिनेछ भने चन्द्रयान तीन महिनासम्म चन्द्रमाको धरातलमा घुमिरहनेछ । दिउँसोको समयमा चन्द्रयानलाई सूर्यका किरणबाट ऊर्जा प्राप्त भइरहनेछ भने रातमा उक्त परमाणु सञ्चालित ब्याट्रीबाट सो ऊर्जा मिलिरहनेछ । स्मरणीय छ, चन्द्रमामा रात चौध दिन लामो हुन्छ भने त्यो अवधिमा तापमान निकै कम हुने गर्छ । त्यस्तो समयमा उक्त ब्याट्रीले यानलाई ऊर्जा
प्रदान गरिरहनेछ । यसले गर्दा चन्द्रयान हिउँको चीसोमा पनि जम्न पाउने छैन । (एजेन्सी)

प्रतिक्रिया