हिना रब्बानीलाई चुनौती

इस्लामाबाद : पाकिस्तानकी विदेशमन्त्री हिना रब्बानी खारलाई आफ्नै पार्टीभित्रबाट चुनौती बेहोर्नुपरेको छ । पाकिस्तान पिपल्स पार्टी (पिपिपी) का एकजना नेता तथा सांसद जमसेद दास्तीले आफू आगामी आमनिर्वाचनमा हिना रब्बानीकै संसदीय क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका छन् ।
केही समयअघि पाकिस्तानको सर्वोच्च अदालतले राष्ट्रपति आसिफ अली जर्दारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मामिला नयाँ चरणबाट सुरु गर्न आदेश जारी गरेको भए पनि प्रधानमन्त्री रजा परवेज असरफले त्यसो गर्न अस्वीकार गरेका थिए । अदालतले प्रधानमन्त्री असरफलाई अयोग्य घोषित गरेको थियो । प्रधानमन्त्री असरफ नरहेको अवस्थामा हिना रब्बानीलाई पनि बर्खास्त गर्नुपर्ने माग सांसद जमसेद दास्तीले उठाएका थिए । (एजेन्सी)

प्रतिक्रिया