प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई कालो झण्डा

काठमाडौं, ३० साउन । कामचलाउ सरकार विरुद्ध सडक आन्दोलन गर्दै आएका विपक्षी दल आवद्ध युवा/विद्यार्थीले काभ्रेको वनेपामा प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झण्डादेखाएर विरोध प्रदर्शन गरेका छन् ।
वनेपाका विभिन्न तीन स्थानमा आज विहान युवा/विद्यार्थीले प्रधानमन्त्री भट्टराई र शिक्षा मन्त्री दीनानाथ शर्मालाई रोकेर कालो झण्डा देखाएका हुन् ।
काठमाडौं विश्व विद्यालयको सिनेट बैठकमा सहभागी हुन पुगेका भट्टराई र शर्मालाई यवा/विद्यार्थीले कालो झण्डा देखाउने क्रममा प्रहरी र प्रदर्शनकारीवीच झडप समेत भएको छ ।
प्रहरीसँगको झडपमा दुई विद्यार्थी घाईते भएका छन् । घाईते हुनेमा जेनिस लामा र रविन अधिकारी रहेका छन् ।
प्रधानमन्त्री भट्टराई र शिक्षा मन्त्री शर्मालाई कालो झण्डादेखाको अभियोगमा प्रहरीले तीन जना युवा/विद्यार्थीलाई पक्राउ समेत गरेको छ । पक्राउ परेका आफ्ना सहकर्मी रिहाई माग गर्दै युवा/विद्यार्थीले केही समय विरोध प्रदर्शन समेत गरेका छन् ।

प्रतिक्रिया