सहमतीय प्रधानमन्त्रीमा देउवा समूहको दाबी

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा समूहले सहमतीय प्रधानमन्त्रीको उम्मेदवारमा दाबी गरेको छ ।
बुढानिलकण्ठमा आज बसेको देउवा समूहको बैठकले सहमतीय प्रधानमन्त्रीमा दाबी गर्ने सहमति गरेको नेताहरुले बताएका छन् । ‘पूर्व सहमति अनुसार वरिष्ठ नेता शेरबहादुर देउवा सहमतीय र उपसभापति रामचन्द्र पौडेल बहुमतीय प्रधानमन्त्रीको उम्मेद्धार हुने छन्,’ छलफलमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्री उम्मेदवारीमा पुरानै निर्णय यथावत रहेको निष्कर्ष निकालेका छौं ।’
छलफलले बिहीबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा सल्लाह र सहमति विना गठन भएका विभागहरुका बारेमा कडा रुपमा प्रस्तुत हुने समेत निष्कर्ष निकालेको छ ।
देउवा समूहको छलफलले ठोस निर्णय नगरे पनि विभाग गठनका सम्बन्धमा पुनः मंगलबार बस्ने भेलाले निर्णय गरिने बताईएको छ । देउवा समूह सभापति सुशील कोइरालासँग विभाग गठनलाई लिएर रुष्ठ छ ।

प्रतिक्रिया