काठमाडौं, २९ साउन । पूर्व सांसद मञ्चले मुलुकमा पछिल्लो समयमा जारी राजनीतिक र संवैधानिक गतिरोधप्रति चिन्ता प्रकट गरेको छ ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनीहरुले दलहरुको सहमतिमा तत्काल राष्ट्रिय सरकार गठन गरेर अगाडि बढ्न सुझाव दिए ।
मञ्चका अध्यक्ष एवं पूर्व सभामुख तारानाथ रानाभाटले पूर्वसभासदहरुको अनुभव, ज्ञान र क्षमतालाई राज्यले उपयोग गर्नुपर्ने बताए । उनले आफूहरुलाई राज्यले वेवास्ता गरेको भन्दै असन्तुष्टि जनाए ।
पूर्व सभासद् ओमकार श्रेष्ठले राजनीतिक दलहरु भित्र र बाहिर भईरहेका द्धन्द्धले संविधान बन्न नसकेको बताए । उनले गतिरोध अन्त्यका लागि राष्ट्रपति आफै क्रियाशिल भएर दलहरुलाई पनि क्रियाशिल बनाउनु पर्ने सुझाव दिए ।
मञ्चका महासचिव शंकरनाथ अधिकारीले मुलुकमा सम्वाद र निकासबाटै निकास निकाल्न आग्रह गरे ।
पूर्व सांसाद विष्णुबहादुर राउतले दलहरु आआफ्नो स्वार्थबाट माथि उठ्न नसक्दा मुलुकले निकास नपाएको बताए ।
प्रतिक्रिया