काठमाडौ, २८ साउन । बाँणिज्य विभागका महानिर्देशक नारायणप्रसाद विडारीले खाना पकाउने एलपी ग्यासँ उद्योग संघले अगाडि सारेका मागलाई नाजायजको संज्ञा दिदै सहमतिमा नआए कानून अनुसार कारवाही गर्ने चेतावनी दिएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनले उपभोक्ताको अत्यावसेक दैनिक उपभोग्य सामाग्री खाना पकाउने ग्याँसमा उद्योगीले राखेका नाजाय माग पुरा हुन नसक्ने बताए ।
‘सिण्डीकेट, कार्टेलिङ हुने, मुनाफा बृद्धि र दुई रंगको सिलिण्डर बनाउन नमान्ने उद्योगीको माग पुरा हुँदैन,’ उनले भने, ‘उपभोक्ता हित र प्रतिष्पर्घात्मक बजारलाई कमजोर बनाउने उद्योगीका माग जायज छैनन् ।’
महानिर्देशक विडारीले नाजायज माग छाडेर छिटो सहमतिमा नआए आन्दोलनमा उत्रिएका उद्योगीलाई कारवाही गर्ने चेतावनी दोहराए ।
घरायसी र व्यवसायीक उपभोगका लागि अलग अलग सिलिण्डर बनाउने सरकारी निर्णय अव्यवहारिक रहेको भन्दै उद्यागीहरु निर्णय खारेजीको माग गर्दै विरोधमा उत्रिएका हुन् । उनीहरुले सिलिण्डरमा कमिसन बढाउन पनि माग गरेका छन् । प्रत्येक सिलिण्डरमा २ सय १३ ग्राम ग्याँस कम भए त्यसलाई स्वीकार्नु पर्ने पनि उद्योगीहरुको माग छ ।
महानिर्देशक विडारीले सरकार अत्यावश्कीय बस्तुको सूचि जारी गरेर अगाडि बढ्ने तयारीमा रहेको बताए ।
उपभोक्ता हित संरक्षण मन्चका महासचिव ज्योती बानियाँले सर्वोच्च अदालतको आदेश र विद्यमान कानूनमा बन्द हडताल गरेर अत्यावश्कीय बस्तुको वितरणमा प्रभाव पार्न नहुने बताए ।
उनले भने, ‘कालोबजारी ऐन उद्योगीले अवज्ञा गरेर कानूनको उल्लंघन गरेकाले तत्काल कारवाही गर्नु पर्छ ।’
ग्याँस वितरक संघका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले उद्योगीहरुका उपभोक्तालाई मारमा पार्ने माग र कार्यको समर्थन नगर्ने बताए ।
ग्याँस विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले ग्याँस उद्योगीहरुको आन्दोलन नाजायज रहेको बताए । उनले उद्यागीहरुलाई सरकारले तत्काल कारवाही गर्नु पर्ने माग गरे ।
प्रतिक्रिया