एक मधेस प्रदेश सामन्तीको माग

राजविराज, २८ साउन । एमाले नेता केपी ओलीले एक मधेस प्रदेश केही सामन्तीहरु नेताहरुको माग रहेको आरोप लगाएका छन् ।
राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले एक मधेस प्रदेश असम्भव रहेको बताए । उनले देश र जनताको हितमा धेरैवटा प्रदेश अनुपयुक्त हुने बताए ।
उनले भने, ‘अब फेरि पनि कसैको विशेषाधिकार हुने ढंगको राज्य पुनःसंरचना स्वीकार्य हुँदैन ।’
एकीकृत माओवादी र मधेसवादी दलमा सत्तामोह मात्र रहेको आरोप लगाउदै उनले दलका नेताले दलगत स्वार्थभन्दा माथि उठेर निकास दिनुपर्ने बताए ।
उनले एमाओवादीले मोर्चाबन्दी गरेर दलबीचको दूरी बढाउन खोजेको आरोप लगाए ।

प्रतिक्रिया