काठमाडौं, २७ साउन । कमिशन बढाउन माग गरेर आन्दोलनमा उत्रिएका खाना पकाउने एलपी ग्याँस उद्योगीहरु पनि आन्दोलनमा उत्रिएपछि राजधानीमा ग्याँसको अभाव सुरु भएको छ ।
सरकारले उपलब्ध गराएको कमिशन अप्रयाप्त रहेको भन्दै उद्योगीहरु तीन दिन यता आन्दोलनमा छन् । उनीहरुले माग पुरा नहुँदा सम्म ग्याँस खरिद नगर्ने जनाएका छन् ।
घरायसी र व्यापारिक प्रयोजनका लागि दुई थरी सिलिण्डर बनाउन सरकारले गरेको प्रावधानलाई ग्याँस व्यवसायीले विरोध गर्दै निर्णय सच्चाउन माग गरेका छन् । उनीहरुले दुई थरी ग्याँसको सिलिण्डर व्यवहारिक नहुने दाबी गरेका छन् । सरकारले खाना पकाउने ग्याँसमा हुने कालाबजारी नियन्त्रण गर्न दुई थरी सिलिण्डरको व्यवस्था गरेको हो ।
सरकार र उद्योगीवीच बार्ता भएपनि सहमति हुन सकिरहेको छैन । बार्ता पुनः हुने छ ।
प्रतिक्रिया