काठमाडौं, २७ साउन । यातायात व्यवसायी र मजदुरहरुको हड्तालका कारण राजधानीलगायत मुलुकभरिका सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ ।
विभिन्न माग राखेर यातायात व्यवसायी र मजदुरले हड्ताल घोषणा गरेर सार्वजनिक सवारी साधन नचलाएपछि सर्वसाधारणलाई सास्ती भएको हो । भाडाका सार्वजनिक आज दोस्रो दिन पनि चल्न सकेका छैनन् ।
ट्राफिक प्रहरीले सडकमा लिने जरिवाना सम्बन्धी प्रावधान खारेज गर्नुपर्ने, यातायात मन्त्रालय स्थापना गर्नुपर्ने, विगतका सहमति कार्यान्वयन गर्नुपर्नेलगायतका माग राखेर यातायात व्यवसायी र मजदुरहरु हड्तालमा उत्रिएका हुन् ।
प्रतिक्रिया