असफलताबाट तर्सिन्नँ : सुनील सेठ्ठी

 प्रशंशकलाई खुसी पार्न सकेको छु जस्तो लागेको छ ?
– विगतका केही वर्षमा मैले केही गल्ती गरी ‘फ्यान’हरूलाई निराश पार्ने काम गरेँ । ‘एक्सन फिल्म’लाई निरन्तरता दिनुको सट्टा म ‘कमेडी’ फिल्मतिर लहसिएँ ।

‘सुटर’ र ‘एनिमी’ गरी दुई फिल्ममा देखिँदै हुनुहुन्छ भन्ने चर्चा छ । फेरि एक्सनमै जम्ने हो ?
– यी फिल्मले मलाई उत्साही बनाएका छन् । यी द्वन्द्वप्रधान फिल्म हुन् । यसबाहेक जेपी दत्तको फिल्ममा पनि म अनुबन्धित भइसकेको छु । ‘बोर्डर’ जस्तो फिल्ममा काम गर्ने औधी रहर छ । अहिले पनि म जब सेनालाई भेट्न जान्छु, उनीहरू मलाई पनि आफूजस्तै फौज सम्झिन्छन् ।
असफलताले तपाईंलाई तर्सिउँदैन ?
– अहँ, केको तर्साउनु ? आर्थिक रूपमा म बलियो नै छु । सकारात्मक सोचाइ भएको मानिस हुँ । एउटा कदम असफल भयो भने अर्को कदमप्रति म आशावादी हुन्छु । (टिओआई)

प्रतिक्रिया