दुई दिनमा दुई बम फेला

दाङ, २६ साउन । दाङ जिल्लामा दुई दिनमा दुई वटा बम फेला परेको छ । लगातार दुई वटा बम फेला परेपछि जिल्लामा त्रास फैलिएको छ ।
ग्रिनेट बम आज विहान घोराहीस्थित स्वर्गद्वारी टोलमा फेला परेको हो । घर अगाडी पार्किङ गरी राखिएको बा ८ च ७५६७ नम्बरको जीपमा झुण्ड्याईएको अवस्थामा ग्रिनेट वम फेला परेको प्रहरीले जनाएको छ ।
फेला परेको बम ह्याण्ड ग्रिनेट रहेको प्रहरी भनाई छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर सेनाको सहयोगमा बम डिस्पोजल गरिएको छ ।
बम कस्ले कतिवेला राख्यो भन्ने खुलेको छैन । प्रहरीले यस वारेमा अनुसन्धान भैरहेको जनाएको छ ।
यसैवीच, विहीवार पनि देउखुरीको सतवरिया–१ मा वेवारिसे बम फेला परेको थियो । कर्री सामुदायिक वनको हाता भित्र फेला परेको बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको हो ।

प्रतिक्रिया