सशस्त्रका जवानको मृत्यु

वीरगन्ज, २६ साउन । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत बाराको पथलैयामा दुई मोटरसाइकल आपसमा ठोक्किदा सशस्त्र प्रहरीको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा सिन्धुली जिल्लाको जवलाकन्या–३ घर भएका सशस्त्र प्रहरीका जवान इन्द्र चौलागाईं रहेका छन् । गएराति ना १९ प ९८८२ र ना ८ प ९६९ नम्वरको मोटर साईकल पथलैयामा ठोक्किएर दुर्घटनामा परेका थिए ।
चौलागाईं बाराको पिलुवास्थित सशस्त्र प्रहरीको भद्रकाली गणमा कार्यरत थिए ।
घाइते हुनेमा मकवानपुरको पदमपोखरी गविसका पूर्णबहादुर लामा, बाराको मनहर्वा–३ का भैरव घिमिरे र दीपेश वस्नेत रहेका छन् ।

प्रतिक्रिया