घेराउका लागि जिम्मेवारी बाँडफाँट

काठमाडौं, २५ साउन । विपक्षी दल आवद्ध युवा विद्यार्थी संगठनले साउन–२६ गतेको सिंहदरबार घेराउका लागि जिम्मेवारी बाँडफाँट गरेका छन् ।
काठमाडौंस्थित नेपाल तरुण दलको कार्यालयमा आज बसेको आन्दोलन परिचालन कमिटीको बैठकले जिम्मेवारी बाँडेको हो । बैठक पछि जारी विज्ञप्ति अनुसार सिंहदरवार घेराउ कार्यक्रमलाई व्यापक र व्यवस्थित गर्ने निर्णय भएको छ ।
घेराउका क्रममा पुतली सडक, पद्यमोदय मोडमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ, माइतिघर मण्डला र बवरमहलमा युवा संघ नेपाल र अनेरास्ववियू, भद्रकालीमा अखिल क्रान्तिकारी, प्रगतिशील युवा संघ, चुरेभावर युवा संघ, अखिल (पाँचौ), अखिल (छैठौ), एकीकृत युवा संघ, क्रान्तिकारी विद्यार्थी संघ नेपालले गर्ने विज्ञप्तिमा उल्लेख छ ।
हनुमान थान, पूर्वीगेटमा राष्ट्रिय प्रजातन्त्र युवक संगठन, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन, जनशक्ति युवा संघ, जनशक्ति विद्यार्थी संगठन, मधेशी युवा फोरम नेपाल, समाजवादी युवा लिगले घेराउ गर्ने छन् ।
कामचलाउ सरकारका कामकारबाहीको विरोधमा सडक आन्दोलन गर्दै आएका विपक्षी दल सम्बद्ध युवा विद्यार्थीले २६ गते सिंहदरबार घेराउ गर्दै छन् ।

प्रतिक्रिया