सर्पले टोक्दा बालिकाको मृत्यु

ताप्लेजुङ, २३ साउन । ताप्लेजुङको नाल्बुमा सर्पले डस्दा एक बालिकाको मृत्यु गएको छ ।
मृत्यु हुनेमा नाल्बु–१ निवासी २ वर्षीया बालिका निमा शेर्पा रहेको उनका काका फुपुछिरिङ शेर्पाले जानकारी दिए ।
बालिकालाई सोमबार बेलुकी साढे ६ बजे घर भित्र लिस्नो चढ्ने क्रममा सर्पले डसेको थियो । उनको उपचारका क्रममा आज विहान मृत्यु भएको हो ।
दाइने हातमा सर्पले डसे पछि उनलाई स्थानीय लामाले झारफुक गरेका थिए ।
शेर्पाका अनुसार सर्प ठूलो र टाटेपाङग्रे रंगको थियो । स्थानीय शेर्पा भाषामा सर्पलाई ‘सेप्ट’ भन्ने गरिन्छ ।

प्रतिक्रिया