मुखमैथुन

अन्य प्राणीका तुलनामा मानिस यौनकार्यमा बढी नै सक्रिय हुनेगर्छ । मानिसको यौनचाहना र स्वभावलाई लिएर प्राचीन समयदेखि नै यौनक्रिया झल्काउने विविध सामग्री पनि प्रकाशित भएका पाइन्छन् । यौनक्रीडाका क्रममा हुने गरेका प्रचलित क्रियाकलापमध्ये लिंग मुखमैथुन या योनी मुखमैथुन पनि हो । लिंग या योनीलाई मुखसँग स्पर्श गराई यौनक्रीडा गरिनुलाई नै मुखमैथुन भनिन्छ । कतिपय अवस्थामा यस्तो क्रियालाई यौनक्रीडाको पूर्वतयारीका रूपमा पनि लिने गरिन्छ । लवाइखवाइमा जस्तै यौनक्रीडामा पनि आआफ्नै शैली हुन्छ । त्यही शैलीअन्तर्गत तुलनात्मक रूपमा पश्चिमी मुलुकहरूमा मुखमैथुनको प्रयोग
व्यापक पाइन्छ । यौनक्रियालाई आनन्दित पार्ने क्रममा जोडीबीच आपसी समझदारी आवश्यक छ । त्यही समझदारीले यौनक्रियाका आपसी शैली निर्धारण गर्ने हो । कतिपय जोडीमा मुखमैथुन सामान्य हुनसक्छ भने कतिपयका लागि अप्ठ्यारो स्थिति । एकलाई मुखमैथुनको इच्छा हुने र अर्कोले आनाकानी गर्ने पनि भइरहेको हुन सक्छ । त्यसैले यो क्रियाकलाप पूर्ण समझदारीमा मात्र आनन्ददायी हुन सक्छ ।
मुखमैथुन समलिंगीबीच बढी हुने गरेको पाइन्छ । समलिंगीबीच विपरीतलिंगीय यौनक्रीडा सम्भव नभएकाले मुखमैथुन नै प्रमुख हुन्छ । मुखमैथुन गर्दा विपरीत व्यक्तिको स्वास्थ्यबारे विशेष ख्याल भने राख्नुपर्छ । मुखमैथुनबारे हाम्रो समाजमा नकारात्मक धारणा छ, त्यसैले यता जोडीहरू खुलेर यो प्रक्रिया अपनाउन सकिरहेका हुँदैनन् । मुखमैथुन कतिका लागि घीनलाग्दो पनि हुन सक्छ । कारण– यौनांगबाट निस्कने यौनरस, कडा गन्ध या यौन अंगको सरसफाइको कमी हो । मुखमैथुन गर्दा सरसफाइमा विशेष ध्यान दिनुपर्छ ताकि अन्य रोगको संक्रमण पनि नबढोस् । यौन सम्पर्कअगाडि यौनांग सफा पानीले राम्रोसँग सफा गर्ने, मुखमैथुन गरेपछि मुख कुल्ला गर्ने, दाँत माझ्ने हो भने आइपर्ने स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।

प्रतिक्रिया