प्रहरी सहायक निरीक्षक क्षेत्रीको मृत्यु

बाग्लुङ, २० साउन । बाग्लुङको पश्चिम क्षेत्र ढोरपाटनमा आयोजित मेलामा शान्ति सुरक्षाका लागि खट्टिएर फर्कने क्रममा सम्पर्क बिहिन भएका प्रहरी सहायक निरीक्षक नरबहादुर क्षेत्री आज मृत अवस्थामा फेला परेका छन् ।
ढोरपाटनको ढोरबराह मन्दिरमा जनैपूर्णिमाका अवसरमा आयोजित मेलाबाट फर्कने क्रममा शुक्रबार साँझदेखि उनी सम्र्पक बिहिन थिए । पर्वत बाजुङ–५ घर भएका सहायक निरीक्षक क्षत्री आज दिउसो ढोर खोलामा मृत अवस्थामा फेला परेको प्रहरले जनाएको छ ।
प्रहरी चौकी ढोरपाटनबाट सोवित केसीको नेतृत्वमा गएको १३ जनाको प्रहरी टोलीमा रहेका सहायक निरीक्षक क्षेत्रीको खोलाले बगाएर मृत्यु भएको या अरु कसैले हत्या गरेको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक शैलेन्द्र खड्काले बताए ।
प्रहरी जवानसँगै पछाडी आउदै गरेका क्षेत्री अकस्मात वेपत्ता भएका हुन् । प्रहरी जवान आएपनि उनी नआएपछि प्रहरीले खोजी कार्य शुरु गरेको थियो ।
मध्यरातसम्म पनि सम्र्पकमा नआएपछि क्षेत्रीको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी खट्टाईएको थियो ।

प्रतिक्रिया