जातीय मुक्ति मोर्चाका ईन्चार्ज पक्राउ

हेटौंडा, १७ साउन । मकवानपुरका बिभिन्न ठाउँमा अपराधिक कार्य गरेर आतंक सृजना गर्ने संयुक्त जातीय मुक्ति मोर्चाका जिल्ला ईन्चार्जलाई प्रहरीले सर्वजनिक गरेको छ ।
गाविस सचिवसँग आर्थिक रकम असुल्दै गरेको अवस्थामा प्रहरीले हेटौंडाको राप्तीपुलवाट मोर्चाका जिल्ला ईन्चार्ज सन्दीप भन्ने पञ्चलाल तामाङलाई पक्राउ गरेको हो ।
राईगाउँ–९, चिरुवा जराईटार बस्ने तामाङले जिल्लामा सर्वसाधारणलाई आतंकित बनाएको आरोप लगाएको छ । तामाङ विभिन्न छ वटा आपराधिक घटनामा संलग्न रहेको प्रहरी भनाई छ ।
हेटौंडा–९, कुष्माण्ड सरोबर छेउमा रहेको जयगणेश क्रसरको ना १ क २२३५ नम्वरको एक्साभेटरमा आगजनी, फापरवारी गाविस भवनमा बम राखेको, सर्वसाधारणमा डर सृजना गरेको, सचिवहरुसँग रकम लिएकोलगायतका अभियोग उनी माथि छ ।
प्रहरीले मोर्चाका पर्चा, सदस्यताको कार्ड र चार राउण्ड गोलीलगायतका सामान पनि तामाङसँग बरामद गरेको छ ।
यसैवीच, प्रहरीले हेटौंडा–९ का कृष्णप्रसाद गौंतमको छोरीको बिवाहका लागि घरमा राखेको सुनका गहना र नगद एक लाख ९५ हजार रुपियाँ चोरीमा संलग्न रहेका ललितपुर आश्राङ–७ का प्रवीण लामा नेगीलाई पनि सर्वजनीक गरेको छ ।
लागूऔषध गाँजा तस्तरीमा संलग्न चितवनका बिष्णु धिताल र मकवानपुर काँकडाका अरुण तामाङलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया