सभापतिहरु पुनःस्थापनाको विपक्षमा

काठमाडौं, १६ साउन । कांग्रेसका अधिकांश जिल्ला सभापतिहरुले संविधानसभा पुनःस्थापनाको चर्को विरोध गरेका छन् ।
सिन्धुपाल्चोकको बाह्रविसेमा सोमबारदेखि जारी भेलामा धारणा राख्ने जिल्ला सभापतिहरुले नयाँ संविधान दिन नसक्ने संविधानसभा पुनःस्थापना गर्न आवश्यक नरहेको जनाएका हुन् । ‘निर्वाचनमा जान डराउनु हुँदैन,’ भेलामा सहभागीहरुका अनुसार, ‘संविधानसभा पुनःस्थापना उचित छैन ।’
केही सभापतिहरुले निर्वाचन भन्दा पनि संविधानसभा पुनःस्थापना गरेर जानुपर्ने सुझाव दिए । उनीहरुले थोरै समयका लागि संविधानसभा व्यूताउन माग गरेका हुन् ।
भेलामा सभापतिहरुले महा–समिति बैठक पनि बोलाउन नेतृत्वलाई दबाव दिएका छन् । उनीहरुले नवलपरासीमा महा–समिति बैठक गनुपर्ने प्रस्ताव गरेको सहभागीहरुले जनाएका छन् ।
यसैवीच, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभा पुनःस्थापनाको माग गरेका छन् । उनले नयाँ निर्वाचन गराउन र अन्तरिम संविधान संशोधनका लागि संविधानसभा पुनःस्थापना आवश्यक रहेको बताए ।

प्रतिक्रिया