तितेजिरे मेरिबास्सैको गाईजात्रे तयारी

काठमाडौँ । विगतजस्तै यस वर्ष पनि हास्य शृंखला तितोसत्य, जिरेखुर्सानी र मेरिबास्सैको टोलीले संयुक्त गाईजात्रे प्रस्तुति देखाउने भएको छ । ओरियन्टल इभेन्ट्स प्रालिको आयोजनामा रस्लान तितेजिरे मेरीबास्सै गाईजात्रा महोत्सव हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । नेपाल प्रज्ञा–प्रतिष्ठानमा साउन १८ देखि भदौ २ गतेसम्म चल्ने कार्यक्रममा मेरिबास्सै समूहले रेस्लिङ, जिरेखुर्सानीका तर्फबाट अपरेसन, तितोसत्य समूहले गिद्धैगिद्धको सहर नामक सामग्री प्रस्तुत हुनेछ ।
त्यसैगरी किरण केसीलगायतले रेड ह्यान्ड नामक हास्यव्यंग्य प्रस्तुतिको तयारी गरेको छ । नायिका सुष्मा कार्कीले नृत्य प्रस्तुत गर्नेछिन् भने शैलेन्द्र सिम्खडा, मनोज गजुरेल, टीका भण्डारी, राजेश केसी, लक्ष्मी केसी र भरत विसुरालको प्रस्तुति पनि रहनेछ । (सौस)

प्रतिक्रिया