चीनमा प्रदूषणविरुद्ध प्रदर्शन

किडोङ (चीन) : चीनको पूर्वी भागमा एक कागज कारखानाले प्रदूषण गराएको आरोप लगाई विरोध गरिरहेका प्रदर्शनकारी तथा प्रहरीबीच शनिबार भिडन्त भएको छ । प्रदर्शकारीले सांघाई नजिकैको तटीय नगर किदोङमा दुई गाडी पल्टाइदिएका छन् भने उनीहरू सरकारी कार्यालयमा समेत प्रवेश
गरेको बताइएको छ ।
प्रदर्शनकारीले सरकारी अधिकारीसँग रहेका मदिराका बोतल तथा चुरोटका बट्टा खोसिएको बताएका छन् । यी सामग्री चिनियाँ अधिकारीलाई घुसका रूपमा प्राप्त भएको बताइएको छ । चीनमा वातावरणीय क्षयप्रति विरोध प्रदर्शन वृद्धि हुन थालेको छ । सो कागज कारखानाबाट ढलको पाइप लुसी बन्दरगाहनजिकै रहेको समुद्रमा खसाइने गरिएको छ । सो समुद्री क्षेत्र माछा मार्ने स्थानका रूपमा प्रसिद्ध छ । कागज कारखानाबाट प्रतिदिन एक लाख ५० हजार टन फोहोर समुद्रमा फाल्ने गरेको बताइएको छ । (एएफपी)

प्रतिक्रिया