म भोटाहिटी चोकमा थिएँ, कालो छाता ओढेर चारैतिर आँखा डुलाउँदै थिएँ । त्यस्तै दिउँसोको २ जति बजेको थियो । गर्मी ज्यादै थियो, टाउको माथि छाता त थियो तर त्यो माथिको चर्को घामले मेरा तालु निरन्तर पोलिरहेको थियो । जेठ महिनाको घाम के खपिसक्नु हुन्थ्यो र ? करिब पौने घन्टाको मेरो समय त्यही चोकमा बितिसकेको थियो ।
सडक सुनसान जस्तै थियो, छिट्टफुट्ट गाडी मात्रै सडकमा हुँइकिइरहेका थिए । नेपाल बन्द थिएन, हुने कुरा पनि थिएन । मानिसहरू आउँदै–जाँदै गर्दै थिए । एउटा कुनोमा म थिएँ, केही मानिसहरू मलाई हेर्दै जान्थे । मलाई भने उनीहरूले गिज्याएको जस्तो लाग्थ्यो र मुन्टो निहुर्याउँथे, कैदीले झैँ ।
म वास्तवमा पाटन जाँदै थिए, कामले । र, गाडी कुर्दै थिएँ । गाडी आएकै थिएन । हिँडेरै जाउँm जस्तो लागेको थियो तर भोटाहिटीबाट पाटन धेरै टाढा भएकाले त्यो आँटै आएन । त्यसो त म गाडी एकदमै कम चढ्ने मान्छे, गाडी चढ्यो कि पैसा खर्च हुन्छ भनेर म जहाँ पनि हिँडेरै पुग्थे । तर, भोटाहिटीबाट पाटनसम्म हिँड्नुपर्दाको कल्पनाले अत्यास लागेपछि त्यो सोच मेरो दिमागबाट हराएको थियो ।
सडकमा एउटा गाडी देखापर्यो, सार्वजनिक यातायात । गाडी म भएतिरै आउँदै थियो । गाडी देखेर म त तीनछक † त्यस्तो गाडी त मैले आजसम्म देखकै थिइनँ । मैले गाडी कुरेपछिको लगभग एक घन्टाको समयपछि आएको त्यो गाडी त दुईतले पो थियो । गाडी पनि दुईतले हुँदो रहेछ घरजस्तै भनेर मलाई यसअघि थाहा थिएन ।
गाडी पाटनतिरै जाँदै थियो भन्ने थाहा पाएपछि म गाडीमा उक्लिएँ । लौ † अचम्म । गाडीको मुनि तलाको त सबै सिट टम्मै पो भरिएका रहेछन् । ‘भर्याङ चढेर माथि जाऊ’ भनेर त्यहाँका एक यात्रुले इसारा गरेपछि म भर्याङ चढेर गाडीको ‘चोटा’मा गएँ । गाडीको चोटामा पुगेर यसो चारैतिर नजर फैलाएपछि म एक केटी भएको सिटनजिक पुगे, जहाँ एकसिट खाली थियो । म त्यही बसेँ ।
गाडी बिस्तारै चल्न सुरु गर्यो । म गाडीको आकार–प्रकार र स्वरूप नियाल्नमै तल्लीन भएँ, केहीबेर । सँगै सिटमा बस्ने केटी झ्यालबाट बाहिरको दृश्य नियाली रहेकी थिई । मैले उसलाई हेरेपछि अड्कल काँटे–लगभग केटी मेरै उमेरकी हुँदी हो । केटीलाई यसो नियालेर हेरेँ– केटी त बिछट्टै राम्री पो रहिछे । सलक्क परेका कपाल, गोरो अनुहार, गाजलभित्र लुकेका सुन्दर आँखा, पुष्ट छाती, रातो टीका ठूलो निधारमाथि, आहा † कति राम्री ? मेरो मन नै अमिलो भएर आयो ।
दरबार हाइस्कुल पढ्दी रै’छ, हाम्रो कुरोकानी सुरु भो । मभन्दा सानो कक्षामा पढ्दी रहिछे, नत्र त म पनि त्यही पढ्ने, मैले चिन्नुपर्ने † भर्खरै मात्र स्कुल सुरु गरेकी रै’छ, त्यसैले कसैलाई नचिन्ने रै’छे । उसले त्यतिखेर स्कुलभरिमै चिनेको भनेको ‘देवकोटा’ सर मात्रै रहेछन्, त्यो पनि सरको थर मात्रै थाहा रहेछ, जुन सर स्कुलभरिमै प्रख्यात थिए–सबैले चिन्ने ।
त्यो केटीसँग म केही नजिक भएँ, निसंकोच केटीसँग टाँस्सिएँ । केटीले पनि अप्ठ्यारो मानिन । केटीको हात समातेर मैले सोधे– ‘तिम्रो नाम के हो ?’ उसले उत्तर दिई–‘सम्झना ।’ सम्झनाले आफ्नो गर्धनमा ओढिराखेको खास्टो झिकी र काँखमा राखी । साँच्चै सम्झना साह्रै सुन्दर थिई, उसका अंगहरू पनि उत्तिकै सुन्दर थिए । गर्मीले उनका कोमल अंग पसिनाले भिजेका थिए । सम्झनाले चोलीभित्रका भिजेको अंग छोडेर त्यसमाथिका अंगको पसिना खास्टोले पुछ्न थाली ।
गाडीबाट मानिसहरू चढ्ने र ओर्लिने क्रम चलिरहेको थियो । गाडीमा केटी मान्छे एकदमै कम चढ्थे, चढेका पनि निकै फोहोरी देखिन्थे । तिनीहरूका शरीरमा जताततै नसुहाउँदो र फोहोरी देख्नेगरी रौँहरू उम्रिएका देखिन्थे । तर, सम्झना फरक थिई, निख्खर राम्री ।
गाडीमा चढेका केटाहरूले लुकिलुकी हाम्रो सिटमा आँखा लाउँथे । सायद, सम्झनाको जवानीले तिनीहरूलाई कुत्कुत्याउँदो हो । बिहे नगरेकी कुमारी केटी थिई– सम्झना, क्षत्री घरानकी । मलाई पनि सम्झनाको जवानी देखेर ईष्र्या लागिरहेको थियो ।
सम्झना पुन: झ्यालबाट बाहिरका दृश्य नियालिरहेकी थिई । दुईतले बसको चोटामा बस्दा त निकै माथि आकाशमै बसेजस्तो लाग्ने रहेछ । बाटाका घरहरू, रूखहरू होचा–होचा देखिने । मानिसहरू त झन् सडकमै बिलाएझैँ लाग्दा रहेछन् । बस बिस्तारै गुडिरहेको थियो ।
बसले माइतीघर हुँदै बाग्मती पुल पार गर्यो । आहा † कति सफा खोला ? बसमा भएका जति सबैले एकपटक खोलातिर हेरेर दर्शन गरे । बस कुपण्डोल पुगेर रोकियो । सम्झनाको ओर्लिनेबेला भएछ † मलाई इसारा गरी, मैलो आफ्नो खुट्टो अलिकति सारिदिएँ । ऊ ओर्ली । बस फेरि आफ्नो दिशामा हुइँकियो, मलाई भने सम्झना ओर्लेपछि यात्राभरि खल्लो लागिरह्यो ।
– ‘मैले जिन्दगीमा सम्झनाजस्ती राम्री केटी देखेकै थिइनँ, बुझिस् बाबु ? यो कुरा प्रजातन्त्र आउनुअघिको हो । अर्थात् २००७ सालअघिको, जतिबेला मुलुकमा भित्रभित्रै प्रजातन्त्र ल्याउने चलखेल भइरहेको थियो । हो, त्यहीबेला तेरा बाउ मेरो २ महिने गर्भमा थियो ।’ यति भन्दै मेरी हजुरआमाले आफूले लगाएको ठूलो–गोलो चस्मा फुकाल्नुभयो र नजिकैको चकटीमा राख्नुभयो ।
अनि, भित्तालाई आड लगाउँदै उठेर दराजको ऐनासम्म पुग्नुभयो र निधार खुम्च्याएर आफ्नो बुढ्यौली उमेर ऐनामा हेर्नुभयो । सायद, बुढ्यौली आँखाले देख्न सक्नुभएन कि के हो ? आँखा मिच्नु भो र पुन: ऐनामा हेर्नु भो अनि झरिसकेका दाँत देखाएर खिसिक्क हाँस्नु भो ।
– ‘म त्यतिबेला १५ वर्षकी थिएँ, तेरा हजुर’बा २६ वर्षका थिए । तेरा हजुर’बा पनि बिछट्टै राम्रा थिए, त्यतिबेला ।’ हजुरआमाको आँखामा अचानक आँसु टिल्पिलाए ।
प्रतिक्रिया