मुख्य सचिवामा विवाद/दुई अध्यादेश स्वीकृत

काठमाडौं, १२ साउन । सरकारले निर्वाचन सम्बन्धी दुई अध्यादेश स्वीकृत गरेको छ ।
मन्त्रिपरिषदको आज सिंहदरबार बसेको बैठकले संविधानसभा निर्वाचन–२०६९ र निर्वाचन ऐन–२०६९ लाई संशोधन गरेको हो । संविधानसभाको नयाँ निर्वाचनलाई सहज होस भनेर दुई अध्यादेश स्वीकृत गरिएको अर्थमन्त्री बर्षमान पुनले जानकारी दिए ।
सरकारले निर्वाचन सम्मन्न नभएसम्म ९० दिनका लागि निर्वाचन आचार संहिता पनि लागू गर्ने निर्णय पनि गरेको छ ।
सरकारले मट्टी तेलमा लगाउदै आएको भ्याट हटाउने निर्णय पनि गरेको छ ।
सरकारले नेपाली सेनामा एक जना सहायक रथी र दुई महासेनानीको बढुवा गरेको छ । बढुवा हुनेमा सहायक रथीमा गौरव तण्डूल तथा विनय विक्रम राणा र मिनध्वज खड्कालाई महासेनानीमा बढुवा गरिएको मन्त्री पुनले बताए । उपरथी प्रदीपविक्रम राणालाई संयुक्त राष्ट्रसंघको डेपुटी कमाण्डरमा प्रतिस्प्रधा गर्न स्वीकृति प्रदान गरेको छ ।
सरकारका मुख्य सचिवको बढुवाका विषयमा मन्त्रिपरिषदले कुनै निर्णय गर्न सकेन । मुख्य सचिवको बढुवामा मन्त्रीहरु वीच विवाद भएपछि निर्णय हुन नसकेको हो ।
मुख्य सचिवका विषयमा अर्को वैठकले टुङगो लगाउने मन्त्री पुनले बताए । मुख्य सचिव माधवप्रसाद घिमिरे आइतबारदेखि विदा बस्ने भएपछि सरकारले कायम मुकायम मुख्य सचिवको जिम्मेवारी तोक्नुपर्ने हुन्छ ।
मुख्य सचिवका लागि शंकरप्रसाद कोइराला, लीलामणी पौडेल, सुशीलजंग राणा, विन्द हाडालगायत दर्जन सचिवको नाम सिफारीस भएको थियो ।

प्रतिक्रिया