एमाओवादीका नेता विरुद्ध उजुरी माग

काठमाडौं, ११ साउन । एकीकृत माओवादीका केन्द्रीय नेताहरुको सम्पत्ति छानविन गर्न बनेको सम्पत्ति एवं आर्थिक स्थितिको छानबिन आयोगले प्रमाण सहित एक साता भित्र उजुरी गर्न आग्रह गरेको छ ।
आर्थिक र अन्य सम्पत्ति आर्जन गरेको विषयमा केन्द्रीय नेता विरुद्ध कुनै उजुरी भए प्रमाण सहित एक साता भित्र उजुरी दिन आयोगले आग्रह गरेको हो । उजुरीकर्ताको नाम गोप्य राखिने जनाईएको छ ।
पार्टी मुख्यालय कोटेश्वरमा आज पत्रकार सम्मेलन गरेर आयोगका संयोजक अमिक शेरचनले पार्टी नीति विपरित सम्पत्ति जोड्ने कुनै पनि नेता दोषी पाईए छुट नदिने बताए ।
आयोगले साउन–११ देखि १७ गतेसम्म १ हप्ता भित्र एमाओवादीका केन्द्रीय नेता विरुद्ध सम्पत्ति आर्जन गरेका विषयमा उजुरी दिन समय उपलब्ध गराएको छ ।
उजुरी पत्र खामवन्दी गरेर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाउन सकिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया