विप्पाको विरोध नगर्न आग्रह

काठमाडौं, १० साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले सहमति विना मंसिर–७ गते निर्वाचन सम्भव नरहेको बताएका छन् । उनले सहमति भए कांग्रेस र एमालेले चाहेकै समयमा निर्वाचन गराउन सरकार तयार रहेको बताए ।
राजधानीमा आज आयोजित साक्षात्कारमा महतोले एमाओवादी र मधेसी मोर्चाले समेत सो विषयमा सहमति कायम गर्ने जिम्मा एमाओवादीलाई नै दिएको बताए ।
उनले भने, ‘मंसिर–७ गते निर्वाचन गराउने नगराउने भन्नेमा अब प्रतिपक्षी दलहरु स्पष्ट हुनु पर्छ ।’
विप्पा सम्झौताको विरोध भारत विरोधी मानसिकताको उपज भएको आरोप मन्त्री महतोको थियो । उनले सो विप्पा सम्झौतको विरोध नगर्न सबैलाई आह्वान गरेका छन् ।
एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार रहुन्जेलसम्म कुनै पनि निर्वाचन हुन नसक्ने बताए ।

प्रतिक्रिया