बिषालु च्याउ खाएर एघार जना विरामी

काठमाडौं, ९ साउन । दैलेख र रुकुममा विषालु च्याउको तरकारी खाँदा एघार जना विरामी परेका छन् । विरामी पर्नेमा अधिकांस बालकालिका छन् ।
दैलेखको कट्टी गाविस–१ मा आज विहान विषालु च्याउको तरकारी खाएर चार बालबालिका सहित पाँच जना बिरामी परेको प्रहरीले जनाएको छ । ४० बर्षीया खगिसरा चन्दले वनबाट ल्याएको जंगली च्याउ खाँदा उनी सहित पाँच जना बिरामी भएका हुन् ।
विरामी पर्नेमा उनका छोरा ७ बर्षीय विकास चन्द, ११ बर्षीय दीपक चन्द र छोरी १५ बर्षीया शीतला चन्द तथा छिमेकी १६ बर्षीय निम विसी रहेका छन् । उनीहरुले स्थानीय मेडिकलमा उपचार गराई घरमा फर्केको प्रहरीले जनाएको छ ।
यता, रुकुमको झुल्नेटामा विषालु च्याउको तरकारी खाएर ६ जना विरामी परेका छन् ।
सल्यान जिल्ला दारमाकोट–३ घर भएका ८ बर्षीय निखिल खड्का, ६ बर्षीय विना खड्का सहित ६ जना विरामी परेको प्रहरी भनाई छ । विरामी परेका उनीहरुको सल्यानको श्रीनगरमा उपचार भईरहेको छ ।

प्रतिक्रिया