मुगुमा झाडापखालाको प्रकोप

जुम्ला, ९ साउन । मुगु जिल्लाको पुलु गाविसमा झाडापखालाको प्रकोप बढ्दै जाँदा १ र २ वडाका स्थानीय प्रभावित भएका छन् ।
झाडापखाला, आउँमासीबाट १ देखि पाँच वर्षसम्मका करिव ३० बालबालिका र २० वृद्ध अवस्था चिन्ताजनक रहेको मुगु जिल्ला जनस्वास्थ्य अधिकृत वृषबहादुर शाहीले जानकारी दिए ।
झाडापखाला अन्य क्षेत्रमा फैलिन नदिन र बिरामीको यथाशीघ्र उपचार गर्न औषधि तथा स्वास्थ्यकर्मीहरु पठाइएको अधिकृत शाहीले बताए ।

प्रतिक्रिया