काठमाडौं, ८ साउन । एमाओवादीका उपाध्यक्ष समेत रहेका उप–प्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसँग गरेका सन्धी र सम्झौताहरुमा सुधार गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘विप्पा लगायतका राष्ट्रिय स्वाधिनतामा असर पार्ने सबै सन्धी सम्झौता करेक्सन गर्नु पर्छ ।’
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा श्रेष्ठले पार्टी र सरकारभित्र पनि आफू र प्रधानमन्त्री भट्टराईवीच ती विषयमा गम्भीर मतभेद रहेको बताए ।
उनले ‘विप्पा’ सम्झौताका विषयमा आफूले मन्त्रिपरिषद् बैठक र भारतीय प्रधानमन्त्री डा.मनमोहन सिहंसँगको दुई पक्षीय वार्तामा समेत असहमति प्रकट गरेको दाबी गरे ।
‘राष्ट्रिय स्वाधिनताको प्रर्वद्धन तथा रक्षा गर्ने विषयमा पार्टीभित्र म र बाबुरामजीवीच गम्भीर मतभेद छ,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘राष्ट्रिय स्वाधिनतामा असर पर्ने निर्णयको विरोधमा म उभिन्छु ।’
सातौ विस्तारित बैठक अघि र पछि भारतलाई हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन नभएको उनले बताए ।
संविधानसभाको नयाँ निर्वाचनका लागि दलहरुका वीच सहमति अनिवार्य रहेको भन्दै उनले सहमति विना निर्वाचन असम्भव रहेको बताए । उनले भने, ‘कांग्रेस र एमालेको सहमति विना निर्वाचन हुन सक्दैन ।’
प्रतिक्रिया