ओबामा कोलोराडोमा

वासिङटन : अमेरिकी राष्ट्रपति बाराक ओबामा दुई दिनदेखि शोकमग्न अमेरिकी सहर कोलोराडोको अरोरामा पुगेका छन् । कोलोराडो राज्यस्थित एउटा सिनेमा हलमा शुक्रबार अन्धाधुन्ध गोली हानी एक अमेरिकी नागरिकले १२ व्यक्तिको हत्या गरेको थियो । सिनेमा हलमा भिडभाड रहेको समयमा ती व्यक्तिले गोली चलाएका थिए । गोलीकाण्डबाट १४ को मृत्यु भएको र ५० घाइते भएको प्रहरीले जनाएको भए पनि १२ जनाको मात्रै मृत्यु भएको पुष्टि भएको थियो ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार ओबामाले हत्याकाण्डमा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्ने कार्यक्रम रहेको छ । साथै, उनले हत्यारामाथिको कारबाहीका लागि भइरहेका प्रयास र पीडित परिवार र उनीहरूका आफन्तका लागि स्थानीय प्रशासनले गरेका कामबारे जानकारी लिने बताइएको छ । (एपी)

प्रतिक्रिया