सहायक निरीक्षकलाई बियरको बोतल

काठमाडौं, ६ साउन । काठमाडौंको बालाजु चोक नजिक रहेको सिक्सटीनाईन डान्सबारमा रहेका केही युवाले प्रहरी सहायक निरीक्षक भीम क्षेत्रीलाई आक्रमण गरेर घाईते बनाएका छन् ।
शुक्रबार मध्यरात सो डान्स बारमा एक्कासी झैझगडा भएको सूचना पाएर पुगेका महानगरीय प्रहरी बृत्त बालाजुमा कार्यरत क्षेत्रीलाई निरज थापालगायतका केही युवाले बियरको बोतलले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
आक्रमणमा संलग्न थापा सिन्धुपाल्चोक मेलम्चीका स्थानीयबासी हुन् । थापाले अन्धाधुन्ध बियरको बोतलले प्रहार गर्दा सहायक निरीक्षक क्षेत्रीको टाउकोमा गम्भीर चोट समेत लागेको छ ।
घाईते सहायक निरीक्षकको जनमैत्री अस्पताल बालाजुमा उपचार पछि डिश्चार्ज गरिएको छ । आक्रमणमा संलग्न थापालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया