काठमाडौं, ६ साउन । नेपाल ओलम्पिक संग्राहलयको आयोजनामा भइरहेको पाँचौंैं डाइरेक्सन नेपाल मिडिया कप फुटबल प्रतियोगिताको फाइनल आज हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा इमेज च्यानल र नेपाल टेलिभिजन भिड्दै छन् । गत संस्करणको फाइनलमा पनि यिनै दुई टोलीबीच भिडन्त भएको थियो, जसमा इमेज च्यानलले उपाधि चुम्न सफल भएको थियो ।
सेमिफाइनलमा इमेज च्यानलले टीटीभी र नेपाल टेलिभिजनले गोरखापत्र दैनिकलाई हराई फाइनलको यात्रा तय गर्न सफल भएका थिए । नकआउट प्रणालीअन्तर्गत खेलाइएको यस प्रतियोगितामा सौर्य दैनिकलगायत १४ टोली सहभागी थिए ।
मिडिया कपको फाइनल हुनु अघि प्रतिष्ठित खेलाडी र ख्याती प्राप्त कलाकारबीच मैत्रीपूर्ण फुटबल हुने आयोजक समितिका अध्यक्ष क्षितिज अरुणले जनाएका छन् ।
प्रतिक्रिया