सलमान–कट्रिना नजिकिँदै

सन् २००९ मा बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो । यसबाट उनीहरूबीच हुँदाखाँदाको सम्बन्ध ‘ब्रेक’ भएको थियो । त्यसयता उनीहरूबीच शत्रुतापूर्ण सम्बन्ध त थिएन तर त्यति निकट सम्बन्ध पनि देखिएको थिएन । तर, ‘एक था टाइगर’ फिल्मले उनीहरू एकअर्कालाई नजिक ल्याएको चर्चा चल्न थालेको छ ।
यशराज ब्यानरमा बनेको यो फिल्मका केही तस्बिर हालै सार्वजनिक गरिएका छन् । फोटोमा उनीहरू एकअर्काप्रति ज्यादै खुलेको र सहज महसुस गरेको देखिएको छ । स्रोतका अनुसार यसबीच कट्रिनाले सलमानसँग नजिकिने प्रयास गरिरहेकी छन् । उनीहरूबीचको यो निकटता प्रेममा परिणत हुने हो या होइन, अहिले नै भन्न सकिँदैन तर उनीहरूका असंख्य फ्यानले यस्तै चाहना राखेको भारतका विभिन्न अनलाइनले उल्लेख गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया