मिस नेपाल युएसएमा हेटौँडेली युवती


हेटौँडा, ५ साउन । साउन २७ गते शनिबार अमेरिकाको वासिङ्टन डीसीमा हुने दोस्रो वर्षको नेपाल–अमेरिका सुन्दरी २०१२ को अन्तिम प्रतिस्पर्धामा हेटौँडेली एक युवतीले सहभागिता जनाउने भएकी छन् ।
उच्चशिक्षा अध्ययनका लागि करिब साढे ३ वर्षदेखि अमेरीकामा रहंदै आएकी हेटौंडा–५ सानोपोखराकी २१ वर्षीया संगीता ढकाल २७ प्रतिस्पर्धीलाई उछिन्नी उत्त प्रतियोगितामा भाग लिल लागेकी हुन ।
ई प्लानेट प्रालि. नेपालको आयोजनामा भएको प्रतियोगिताका अन्तिम प्रतिस्पर्धीलाई हाल फेसबुक मार्फत् बढीभन्दा बढी भोट गर्न आग्रह गरिएको छ । ढकाल परिवार र शुभचिन्तकहरु हेटाँंडामा भोटिङ अभियान नै सञ्चालन गरेका छन् ।
संगीतालाई भोट दिन फेसबुक वालमा साथीहरुले पोष्ट गरेको लिंकलाई जतिसक्दो बढी शेयर गर्नुपर्छ । एउटा साथीले एक पटक शेयर गरेपछि एक भोट गणना हुने प्रावधान रहेको उनका बुबा पिताम्बर ढकालले बताए ।
डब्ल्यूडब्ल्यूडब्ल्यू डट मिस नेपाल यूएस डट कम लग अन गरेर संगीता ढकालको प्रोफाइलमा गइ लाइक गरेर त्यसलाई शेयर गरेर पनि भोट हाल्न सकिने परिवारजनले जानकारी दिएका छन् ।
नेपाली–पश्चिमी कला, संस्कृति, फेशन र सौन्दर्यको समायोजन हुने किसिमले आयोजित प्रतियोगिताका प्रतिस्पर्धी उनले नेपाली महिलाको सशक्तीकरण र नेपालको भौगोलिक सौन्दर्यलाई विश्वमाझ परिचित गराउने बताएकी छिन  । उनले आफूलाई भोट दिएर जिताउन समेत आग्रह गरेकी छन् ।

प्रतिक्रिया