न्युयोर्क, ४ साउन । सन् १९८८ मा व्यावसायिक खेलाडी अरबिन्द साराबोडासको नेतृत्वमा सोभियत संघले ओलम्पिकमा सहभागिता जनाएको थियो । त्यसै सोभियत टोलीमा अर्का व्यावसायिक खेलाडी सारानो मार्सेलिनियुस पनि सहभागी थिए । अमेरिकालाई फाइनलमा पराजत गर्दै सोभियत संघले स्वर्ण पदक जितेको थियो । अमेरिकी बास्केटबल टोलीले १० पटक सहभागिता जनाउँदा यसअघि सन् १९७२ मा मात्र पराजयको सामना गरेको थियो ।
सन् १९८८ को पराजयपछि अमेरिकाले १९९२ को बार्सिलोना ओलम्पिकमा एनबिए स्टारलाई समावेश गर्यो । माइकल जोर्डन, म्याजिक जोन्सन, लेरी बडी, प्याट्रिक एविङ र कार्ल म्यालोन टोलीमा थिए । यसै टिमलाई ओलम्पिकको ड्रिम टिम पनि भनिन थालियो । एनबिएका ११ खेलाडी समावेश अमेरिकी टोलीमा माइकल जोर्डनले मात्र सबै खेलमा पहिलो रोजाइको खेलाडीका रूपमा उपस्थिति जनाए ।
यो टोलीले फाइनलसहित हरेक खेलमा ३२ अंकको अन्तरमा खेल जित्यो । बार्सिलोना ओलम्पिकमा अमेरिकी बास्केटबल टोलीले औपचारिकताका निम्ति मात्र खेलिरहेको आभाष हुन्थ्यो । यसपटकको अमेरिकी टोली पनि त्यही टोलीभैँm उत्कृष्ट रहेको दाबी अमेरिकी स्टार कोबे ब्रायन्टले गरेका छन् ।
प्रतिक्रिया