चितवन, २ साउन । स्थानिय प्रशासनसंग तीन बुंदे सहमति भएपछि चितवनका चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो आन्दोलन स्थगित गरी काम सुचारु गर्ने भएका छन् । संयुक्त संघर्ष समितिको आन्दोलन स्थगित भएसंगै तिन दिन देखी बन्द रहेका चितवनका स्वास्थ्य संस्था आजबाट खुलेका छन् ।
चिकित्सकहरुको मागको बारेमा आज भएको बार्तामा स्वास्थ्यकर्मी सुरक्षा ऐन गर्ने सहमती भए पश्चात चिकित्सकहरुले आन्दोलन फिर्ता लिएका हुन । चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ ढवाडी तथा चितवनका प्रहरी उपरीक्षक भुपाल कुमार भण्डारीले अस्पताल तथा चिकित्सकमाथी आक्रमण गर्नेलाई यथासक्य छिटो पक्राउ गरि कानुन बमोजिम कारवाही गर्ने जनाएपछि संघर्ष समितिले आन्दोलन स्थगित गरेको हो ।चिकित्सकमाथी आक्रमण गर्ने ब्यक्तिलाई १० दिन भित्र कारवाही गर्ने प्रशासनले प्रतिबद्धता जनाएको बार्तामा सहभागिहरुले जानकारी दिएका छन् ।
स्वस्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धि ऐन २०६६ लागु गर्नुपर्ने, बिभिन्न अस्पतालमा भएका तोडफोड तथा उपचारका क्रममा मृत्यु भएका ब्यक्तिका आफन्तलाई उपलब्ध गराउने भनिएको राहत रकमका सम्बन्धमा कानुन बमोजिम गर्ने र चिकित्सक तथा स्वास्थ्यकर्मिमाथी हातपात गर्नेलाई यथासक्य छिटो पक्राउ गरि कानुन बमोजिम कारवाही गर्ने सहमति भएको डाक्टर शिब पौडेलले जानकारी दिए । तिन बुादे सहमति पत्रमा प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकसंगै चिकित्सक संघ चितवनका सचिव कृष्ण पौडेल, नर्सिड्ड काउन्सिल चितवनकी जिल्ला अध्यक्ष उषा थापा र निजि अस्पतालको तर्फबाट शारदा कुंवरले हस्ताक्षर गरिएको उनाले जानकारी दिए ।
प्रतिक्रिया