काभ्रे, २ साउन । शनिबार विहान बसको ठक्करले घाइते बनाएका जिल्ला शिक्षा कार्यालय काभ्रेका श्रोत ब्यक्ति नवराज तिमल्सिनाको पनि उपचारको क्रममा मंगलबार विहान निधन भएको छ ।
न्युरो अस्पताल बाासबारीमा उपचार गराइरहेका तिमल्सिनाको विहान २ बजे निधन भएको अस्पतालले जानकारी दिएको छ । तिमल्सिनाको टाउको र फोक्सोमा समस्या थियो । उपचारका लागि आइसियुमा राखिएका तिमल्सिनाको चार दिन पछि मृत्यु भए लगत्तै काभ्रेबासीहरु शोकमा डुबेका छन् । उनीसागै शनिबार विहान अर्का श्रोत ब्यक्ति डेगराज भट्टराईको घटनास्थलमै मृत्यु भएको थियो । पीडितका आफन्तले सोमबार दिउसो मात्रै भट्टराईको शब बुझेका थिए ।
विपी राजमार्ग सडक खण्डको बनेपा–नेपालथोक चल्ने हिमाल तराई यातायात समितिको ना २ ख ५८९२ नम्वरको बसले शनिबार बिहान बनेपा–११ बुडोलमा तिमल्सिना र भट्टराई दुवैलाई ठक्कर दिएको थियो । बसले ठक्कर दिएपछि आक्रोशित स्थानीयहरुले ठक्कर दिने बस जलाउन खोज्दा स्थानीय र प्रहरी विच झडप भएको थियो । झडपका क्रममा प्रहरीले दर्जनौ सेल अश्रु्रग्याास प्रहार गरेका थियो । पीडितहरुले मृतकका परिवारलाई २०/२० लाख क्षतिपूर्ति दिनुपर्ने, छोरीहरुलाई उच्च शिक्षा सम्म नि:शुल्क, श्रीमतीलाई रोजगार लगायतका माग राखेका थिए । प्रशासनको उपस्थितिमा भएको वार्तामा ब्यवसायीले तेश्रो पक्ष विमा बाहेक थप क्षतिपूर्ति दिन नसक्ने अडान राखेका थिए । कानुन भन्दा बाहिर गएर क्षतिपूर्ति दिन सकिदैन भन्दै ब्यवसायीहरु उठेपछि भङ्ग भएको वार्ता फेरी हुन सकेको छैन ।
प्रशासनले ठक्कर दिने बसका चाकलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । प्रशासनको उदासिनताले दुर्घटनामा पीडित बनेका परिवारहरुलाई थप पीडा दिएका आफन्तले जानकारी दिएका छन् । शिक्षकहरुले दोषिलाई कारवाहीका माग गर्दै आइतबार जिल्लाभरका शैक्षिक संस्थामा आमहड्ताल समेत गरेका थिए ।
प्रतिक्रिया