रोजलाई पितृशोक

काठमाडौं : निर्माता तथा अभिनेता रोज राणालाई पितृशोक परेको छ । उनका पिता खड्गबहादुर थापाको शनिबार बिहान ९ बजे निधन भएको हो । ६९ वर्षीय थापाको स्वास्थ्यमा खराबी आएपछि एक हप्ताअघिदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार हुँदै थियो । मुटु तथा मृगौला रोगबाट पीडित स्व. थापाको शनिबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो । रोजले पिताको पार्थिव शरीरमा दागबत्ती दिएका थिए । स्व. थापाका रोजबाहेक दुई छोरी र श्रीमती छन् । (सौस)

प्रतिक्रिया