अस्मिता, विनिता र डम्बरलाई स्वर्ण

काठमाडौं : अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालित भक्तपुर जिल्लाव्यापी बोसिया खेलकुद प्रतियोगिताको स्पाइना/मस्तिष्क पक्षाघात भएकाको मिक्स टिममा सुभद्रा फाउन्डेसन (स्वर्ग बालगृह) का अस्मिता तामाङ, विनिता गौतम र डम्बरकुमार दोर्जे पहिलो भएका छन् । भक्तपुर सिबिआरका ममता गिरी, मिरेन्द्र पौडेल तथा सुजल सिल्पकार दोस्रो भए । भक्तपुर सिबिआरको सहकार्यमा नेपाल पारा ओलम्पिक कमिटी तथा नेपाल बोसिया संघद्वारा संयुक्तरूपमा आयोजित प्रतियोगिताको मस्तिष्क पक्षाघात भएकाको मिक्स टिममा भक्तपुर सिबिआर ‘ख’ का प्रयास शाही, विवेक सिन्तकला तथा शयन मानन्धरले स्वर्ण जिते । त्यसैको ‘क’ टिमका दीपेश शाक्य, श्रवण डुमारु तथा युना तामाङले रजत हात पारे । भक्तपुरमा भएको प्रतियोगिताको मस्कुलर डिस्ट्रफीको मिक्समा मस्कुलर डिस्ट्रफी बालबालिका संस्था समाजका सुरज सितिकु तथा प्रीति बल पहिलो भए । (सौस)

प्रतिक्रिया