वीरगन्ज, ३० असार । पर्साको शंकरसरैयामा आज बिहान प्रहरी र गाजा तस्करवीच गोली हानाहान भएको छ ।
तस्करले भारत तर्फ लैजादै गरेको गाजा प्रहरीले शंकरसरैयाको सुकीभार मन्दिर नजिकैबाट नियन्त्रणमा लिन खोजेपछि गोली हानाहान भएको हो । गोली हानाहानमा दुबै तर्फ मानवीय क्षति भएको छैन ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खट्टिएको प्रहरी टोली माथि तस्करहरुले गोली चलाएपछि जवाफी कारबाहीमा एक राउण्ड गाली फायर गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीको जवाफी फायरिङ पछि तस्करहरु गाज छोडेर भागेका छन् । घटनास्थलबाट प्रहरीले गाजा, चरेश र एक जना तस्करलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले मकवानपुर सरिखेत–५ का सनमान घलान सहित १९ बोरा गाजा र ५५ किलो चरेश बरामद गरेको हो । बरामद गरिएको गाजा, चरेश र घलानलाई आवश्यक कार्वाहीका लागि प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया