काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष अशोक राईले जातीय पहिचानको मुद्दालाई प्रमुख राजनीतिक शक्तिले आत्मसात् नगरे नयाँ शक्तिको जन्म कसैले रोक्न नसक्ने बताएका छन् ।
पार्टीनिकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको उपत्यका विशेष समितिले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उपाध्यक्ष राईले आफूहरू पहिचानको मुद्दालाई पार्टीभित्र संघर्ष गरेरै स्थापित गर्न लागिपरेको बताए । आफूले पार्टीलाई बुझाएको नौबुँदे प्रस्तावलाई नेतृत्वले धम्कीका रूपमा बुझेको आरोप लगाउँदै राईले पार्टीभित्र अन्तरसंघर्ष चलाएर जनजातीय मुद्दालाई स्थापित गर्न लागे पनि नेतृत्वले नसुनेको बताए ।
‘हामी पार्टीमा अन्तरसंघर्ष चलाएरै आºना मुद्दाको सम्बोधन गर्न चाहन्छौँ,’ उनले भने, ‘तर, पार्टीले यसलाई सुन्ने अवस्था देखिएको छैन, त्यसो भए युगले नयाँ शक्तिको माग गर्छ ।’
उनले पार्टी नेतृत्व संघीयताको मुद्दामा अग्रगामी वाम पार्टीलाई छाडेर पश्चगामी कित्तामा पुगेको आरोप पनि लगाए । संविधानसभाको ‘हत्या’ हुनुमा उनले नेपाली कांग्रेस, एमाओवादी र आºनै पार्टी दोषी रहेको बताए ।
पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङले माक्र्सवाद वर्गीय मात्रै नभई सबैखाले असमानताविरोधी सिद्धान्त भएको तर जातीय उत्पीडनको कुरा उठाउँदा गैरमाक्र्सवादीको आरोप खेप्नुपरेको बताएका थिए । (सौस)
प्रतिक्रिया