बलात्कारका प्रत्यक्षदर्शी बेपत्ता

बुटवल, २९ असार । अनाथालयमै यौन शोषण भएको घटनाका प्रत्यक्षदर्शी दुई वालक रहस्यमय तरिकाले बेपत्ता भएका छन् ।
मधवलिया–४, कोटिहवास्थित अविनाश अनाथ आश्रमका दुई बालिकामाथि भएको यौन शोषणका प्रत्यक्षदर्शी दुई बालक १२ दिनदेखि रहस्यमय तरिकाले बेपत्ता हुन् ।
आश्रममै रहेका १३ वर्षीय बालक मनोज थापा र १० वर्षीय प्रेम सुनार एकाएक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
बेपत्ता भएका मध्ये १३ वर्षीय थापा घटनाका प्रत्यक्षदर्शी हुन् । अनाथालयकै सञ्चालकका छोरा तथा व्यवस्थापक आशिष थापाले अनाथालयका बालिकाहरुलाई यौन शोषण गरेको भन्दै प्रहरीले अनाथालयमा गत जेठ–१९ गते छापा मारेको थियो ।
घटना सार्वजनिक भए पछि फरार भएका आरोपी थापा जेठ–२१ गते आफै जिल्ला प्रहरीमा आत्मसमपर्ण गरेका थिए ।

प्रतिक्रिया