झापा डेंगुको जोखिममा

झापा, २८ असार । डेंगु रोग फैलाउने लामखुट्टे फेला परेपछि झापा रोगको उच्च जोखिममा परेको छ ।

काँकडभिट्टास्थित मोटरमर्मत गर्ने ग्यारेजको परिसरमा राखिएका टायरमा जमेको पानीमा डेंगु रोग फैलाउने लामखुट्टे र तिनका लार्भा फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
रोग फैलाउने लामखुट्टेको खोजबिन कार्यक्रमअन्तर्गत लामखुट्टे फेला परेको भेक्टर बेदप्रसाद घिमिरेले बताए । एडिस एजेप्टी नामक लामखुट्टेले डेंगुको भाइरस भएका व्यक्तिलाई टोकेर कुनै अन्य व्यक्तिलाई टोकेपछि डेंगु रोग लाग्ने गरेको उनले बताए । कार्यालयको टोलीले काँकडभिट्टास्थित १० वटा मोटरग्यारेज र १५ वटा होटलको क्षेत्रमा स्थलगत निरीक्षण गर्दा एउटा मोटर ग्यारेजको परिसरमा टायरमा लार्भा र लामखुट्टे फेला पारेको हो ।

प्रतिक्रिया