राष्ट्रपति र विपक्षी दलवीच भेटबार्ता

काठमाडौं, २७ असार । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपति डा.रामवरण यादव र विपक्षी दलका शीर्ष नेतृत्ववीच परामर्श भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवसामा आज भएको भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, वजेट, राष्ट्रिय सहमतिको प्रयास लगायतका बारेमा छलफल भएको हो । भेटमा राष्ट्रपति डा.यादवले सहमतिका साथ जान पुनः सुझाव दिएका छन् ।
सर्वदलीय बैठकले अध्यादेशबाट आंशिक बजेट ल्याउने सहमति गरे लगत्तै कांग्रेस, एमाले र राष्ट्रिय जनशक्ति पार्टीका शीर्ष नेतृत्वले डा.यादवसँग भेटगरेर जानकारी गराएका हुन् ।
राष्ट्रपति डा.यादवसँगको भेटमा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीलगायतका नेताहरुको सहभागिता रहेको थियो । सौर्य

प्रतिक्रिया