शुक्रबारदेखि इन्डो–नेपाल सोतोकान

काठमाडौं : नेपाल सोतोकान कराते संघ (एसकेआई) को आयोजनामा चौथो इन्डो–नेपाल सोतोकान कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालका ३ सय र भारतका १ सय गरी कुल ४ सय खेलाडीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष हेमकुमार श्रेष्ठले जानकारी गराए ।
दुईदिने प्रतियोगितामा ४५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछन् । संघका अनुसार प्रतियोगिताको अनुमानित बजेट नौ लाख रुपियाँ रहेको छ । (सौस)

प्रतिक्रिया