चार महिनालाई बजेट ल्याउन सकिने

कञ्चनपुर, २६ असार । एमाले सचिव शंकर पोखरेलले कामचलाउ सरकारलाई बजेट ल्याउने कुनै अधिकार नभएको दोहराएका छन् ।
कञ्चनपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कामचलाउ सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार हुँदैन ।’ दैनिक प्रशासन सञ्चालन गर्न चार महिनाका लागि बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार कामचालउ सरकारले सोही गर्नुपर्ने उनको सुझाव छ ।
वर्तमान सरकारले सहमतिका लागि मार्ग प्रसस्त गर्नुपर्ने जनाएका उनले भने, ‘संवैधानिक गतिरोध अन्त्यका लागि समेत प्रधानमन्त्रीले पद छाड्नु पर्छ ।’
सचिव पोखरेलले प्रधानमन्त्रीको कमजोरीका कारण पूर्व राजा ज्ञानेन्द्र शाह जुर्मुराउन थालेको बताए ।

प्रतिक्रिया